दफा १२
छुट्टाछुट्टै खाता राख्नु पर्ने
(१) प्रत्येक सामाजिक सुरक्षा योजनाको निमित्त छुट्टाछुट्टै खाता राख्नु पर्नेछ ।
(२) कुनै एक सुरक्षा योजनाको खातामा रहेको रकम अर्को सुरक्षा योजनाको लागि प्रयोग गर्न
सकिने छैन ।
(३) उपदफा (१) बमोजिमको खातामा जम्मा गरिने रकम, गरिने खर्च, खाता सञ्चालन तथा
अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।